माथिल्लो तामाकोशीको आइपीओको बाँडफाँड तिहारपछि, तपाईलाई कति कित्ता पर्न सक्ला ?


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २२ । तीन लाख ४६ हजार १६६ जनाभन्दा बढीको आवेदन परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आर्इपिओ)को बाँडफाँड तिहारपछि हुने भएको छ । तामाकोशीको आर्इपिओमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको विक्रि प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपिओमा परेको आवेदन सबै सदर भएमा २ लाख २१ हजार ७५५ जना आवेदकले ४० कित्ता तथा १ लाख २४ हजार ४११ जना आवेदकले ५० कित्ताका दरले शेयर पाउने सम्भावना रहेको छ ।

कम्पनीले एक करोड ५८ लाख कित्ता शेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई छुयाएर बाँकी रहेको एक करोड ५० लाख ९० हजार ७५० सर्वसाधरण आवेदकलाई बाँडफाँड हुनेछ ।

यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका थिए । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।,

फेसबुकबाट तपाईको प्रतिक्रिया