आगलागीमा परी करिव २० करोड बढीको क्षती अनुमान


आर्थिकन्यूज

काठमाडौ, कात्तिक २१ । इटहरी ६ स्थित धरान लाईनमा रहेको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । आगलागीमा विनोद पराजुली र गणेश लुइँटेल को घरमा आगलागी भएको हो ।

बन्द रहेको पसलमा दिउसो १ बजे दोस्रो तलामा आगोको मुस्लो देखिएपछि स्थानिय र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । दुई तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई हम्मे हम्मे परिरहेको छ ।

अगलागीको खास कारण एक्किन नभएतापनी ग्यास लिकेज आगलागी भएको आसंका गरिएको उक्त आगलागीमा परी २० करोड बढीको क्षती अनुमान गरिएको छ । आगलागीमा परी पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन लगायत सम्पूर्ण सामानहरू पूर्णरूपमा नष्ट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया