तिहारको बेला लाखौं लुटपाट


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २१ । काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट करिब १० लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ नयाँबस्ती डेरा गरी बस्ने झापा गौरादह नगरपालिका–२ का निरज कार्कीको कोठाबाट मंगलबार बेलुका सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–७ सिफल डेरा गरी बस्ने कैलाली धनगढी नगरपालिका–१३ की पुजा थापा र धादिङ गंगाजमुना गाउँपालिका–७ का ३८ वर्षीय बिष्णुबहादुर बस्नेत समेत २ जनाको कोठाबाट मंगलबार बेलुका सुनका विभिन्न गहना, घडी १ थान, मोबाईल १ थान र नगद १ लाख ७ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

भक्तपुर सुर्यबिनायक नगरपालिका–५ कटुञ्जे तिनधारा बस्ने ३८ वर्षीय कर्णदास श्रेष्ठको घरबाट मंगलबार साँझ सुनका विभिन्न गहना र नगद ४० हजार रुपैयाँ समेत गरी करिब २ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया