अमेरिकाको संसदमा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित


रासस/एएफपी

सिकाको, कात्तिक २१ ।  अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसदमा निर्वाचित गरेका छन् । निर्वाचित दुवै जना डेमोक्रयाट हुन् ।

निर्वाचित मध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुनुुहुन्छ । मिन्नेसोटा प्रदेशमा उहाँ विजयी हुनुभएको हो । त्यसैगरी सामाजिक कार्यकर्ताको रुपमा क्रियासिल रशिदा तलैबी पनि संसदका लागि निर्वाचित हुनुभएको छ ।

प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उहाँको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ ।
संसदमा उहाँहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित हुनुभएको छ ।

संसदमा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुनुुहुन्छ । उहाँ इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँले पनि डेमोक्रयाट पार्टीबाट प्रतिनिधित्व गर्नुहुुन्छ ।
अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उहाँहरुको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया