‘लक्ष्मी पुजाले श्रद्धा बढ्ला तर शेयरको मुल्य बढ्दैन, कम्पनीको अबस्था हेरेर मात्र लगानी गर्नुहोस’ ( भिडियो सहित)


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २१ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर लगानीकर्ताले शेयर बजारमा गरेको लगानी लक्ष्मी पुजा पुजेरमात्र नबढ्ने बताएका छन् । मंगलबार राजधानीमा शेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुुरुवात गर्दै अर्थमन्त्री डा. खतिवडाले लक्ष्मी पुजा आउँदै छ लक्ष्मीको पुजा गरेर श्रद्धामात्र बढ्ने शेयरको आफ्नो लगानी बढाउन कम्पनीको अबस्था हेरेर मात्र लगानी गर्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री खलिवडाले तिहारको शुभकामना दिदै भने, ‘लक्ष्मीको पुजासँगसँगै कम्पनीको अबस्थाको पनि विष्लेषण गर्नुहोस र शेयरमा लगानी गर्नहोस तपाईहरुको पुँजी वृद्धि भएमा हामीले पूँजीगत लाभकर त लगाउन पाइहाल्छौं ।’

ओपन क्राइबाट शुरु भएको शेयर बजार त्यसैले बजार लतमाथि हुनु स्वभाविक हो यसको उतार चढावमा सरकारलाई दूःख नलिन अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई आग्रह गरे ।

पूँजी बजारको विकासमा कोसेढुंगा भनिदै शेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुुरुवात गर्दै अर्थमन्त्री डा. खतिवडाले नेपाल स्टक एक्सचेञ्जको संस्थागत तथा पूँजीगत संरचना सुधार गर्नुपर्ने बताएका थिए ।

बजारमा देखिएको तरलता संकटलाई उनले मौसम परिवर्तन भएजस्तो भएको संज्ञा दिए । तरलता संकट मौसमी भएको भन्दै केही समयमा यो आफै हटेर जाने बताए । लगातार तीन वर्ष आर्थिक बृद्धिदर सकारात्मक रहेको र सरकारले ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको तर यसको प्रतिनिधित्व शेयर बजारमा किन नभएको भन्ने प्रश्न लगानीकर्तालाई गरेका थिए ।

अर्थमन्त्री डा. खतिवडाले कम्पनीहरुले पूँजी वृद्धिमा हकप्रद तथा बोनस वितरण गर्दा लगानीकर्ताको सम्पत्ति बढेको छ सम्पत्ति पनि बढाउन खोज्ने अनि फरि शेयरको रिटर्न बढि आएन भनेर कराउनु पर्ने कारण किन उनको प्रश्न रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया