वित्तीय विवरणका आधारमा विकास बैंक समूहको स्थिती कस्तो छ ?


शान्ति श्रेष्ठ

काठमाडौं, भदौ २१ । हालसम्म प्रकाशित वित्तीय विवरणका आधारमा विकास बैंक समूहको स्थिति सुधारोन्मुख रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको अनुमति पाएका विकास बैंकको संख्या हाल ३३ पुगेको छ ।

जसमध्ये राष्ट्रियस्तरका विकास बैंक ११ वटा, ४ देखि १० जिल्ला कार्यक्षेत्र रहेको विकास बैंक एउटा, १ देखि ३ जिल्ला कार्यक्षेत्र रहेको विकास बैंक १७ वटा र एउटामात्रै जिल्ला कार्यक्षेत्र रहेको विकास बैंकको संख्या ४ वटा रहेको छ ।
ती सबै विकास बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् ।

तीमध्ये हालसम्म २० वटा कम्पनीले चालु आव २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको छ ।

२० वटा कम्पनीको चुक्ता पुँजी तथा नाफा यस्तो छ ।

चुक्ता पुँजी र खुद मुनाफा

२० वटा विकास बैंकमध्ये ७ वटाले २ अर्बभन्दा माथि चुक्ता पुँजी पुर्याएका छन् ।२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेमा गरिमा विकास, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, देव विकास बैंक, कैलाश विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।

जसमध्ये सबैभन्दा बढी चुक्ता पुँजी गरिमा विकास बैंकको २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । चालु आवको पहिलो त्रैमासमा खुद मुनाफामा सबैभन्दा बढी कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

जसको नाफा २० करोड ३ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनामा ४७ दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा कम नाफा भने सप्तकोशी डेभलपमेन्ट बैंकको रहेको छ । जसको नाफा जम्मा १६ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आव वर्षको सोही अवधिको तुलनामा सबैभन्दा बढी नाफा कमाउनेमा काबेली विकास बैंकको रहेको छ । जसको नाफामा १३०७ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको हो । र लुम्बिनी विकास बैंकको रहेको छ । जसको १७२ दशमलव ४९ प्रतिशत र १२९ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ८३ लाख र ४० करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै लुम्बिनी विकास बैंकले ४ सय २ दशमलव ३३ प्रतिशतले, भार्गव विकास बैंकले ३८५ दशमलव ७४ प्रतिशत र गरिमा विकास बैंकले १६८ प्रतिशतले वृद्धि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया