बस दुर्घटना हुँदा २६ जना घाइते


रासस

चितवन,  कात्तिक २१ ।  भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ना६ख ९३६६ नंको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया