अनलाइनमा गएकै दिन नेप्से घट्यो कि बढ्यो थाहा नै भएन


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २० । पूर्ण स्वचालित प्रणाली (अनलाइन सिस्टम) लागू भएकै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साइटमा समस्या आएको छ ।

साइटमा समस्या आएका कारण मंगलबारको कारोबार अपडेट हुन सकेको छैन । अन्य दिनजस्तै मंगलबार नियमित कारोबार भए पनि आज नेप्सेको स्थिति के भयो भन्ने खुल्न सकेको छैन । साइटमा उत्पन्न समस्या समाधान गर्न प्राविधिकहरु सक्रिय भएको र समस्या समाधान हुने बित्तिकै अपडेट गरिने नेप्सेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया