शेयरको अनलाइन कारोबारमा के–के छन् विशेषता ?


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २० । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित अनलाइन प्रणाली शुरुवात गरेको छ । नेप्सेका अनुसार इन्टरनेटको माध्यमबाट विश्वका जुनसुकै ठाउँबाट अब लगानीकर्ताले धितोपत्रको खरिद तथा बिक्री गर्न सक्ने छन् ।

यस प्रणालीमा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरीवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालनलगायतका कार्य पूर्णरुपमा स्वचलित हुनेछ । २० वटा छुट्टाछुट्टै मोड्यल तथा सहायक मोड्यल मिलेर एकीकृत रुपमा नेप्से अनलाइन कारोबार प्रणालीको विकास गरिएको छ ।

यस प्रणालीमा सहभागी हुन लगानीकर्ताले इन्टरनेटको माध्यमबाट कारोबार गर्न सबैभन्दा पहिले ब्रोकर कार्यालयमा उपलब्ध रहेको केवाईसी फर्म भर्नुपर्ने हुन्छ । फर्ममा अनलाइन खाता रोजेकाले मात्र आफंै कारोबार गर्ने सक्नेछन् । तर, अफलाइन खाता भएकाले ब्रोकरको माध्यमबाट मात्रै कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ ।
कारोबार व्यवस्थापन प्रणालीमा (टीएमएस) मा लगानीकर्ताको खाता खोलेपछि यसको युजर नेम र पासवर्ड लगानीकर्ताको इमेलमा आउनेछ । त्यसलाई रिसेट गरेपछि लगानीकर्ता आफैंले कारोबार गर्न सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया