आइसिएफसि फाइनान्सको मुनाफा ५७ प्रतिशतले वृद्धि


आर्थिकन्यूज

काठमाडौ, कातिक २० । आइसिएफसि फाइनान्स लिमिटेडले आर्थिक वर्षको २०७५/७६ को खुृद मुनाफामा ५७ दशमलव ८७ प्रतिशतले बढेर ४ करोड १३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा फाइनान्सले २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

८८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजीे भएको फाइनान्सकले जगेडाकोषमा २५ करोड ३७ लाख रुपैयाँ राखिएको छ । फाइनान्सले निक्षेपमा ८ अर्ब ५२ करोड ३० लाख रुपैयाँ संकलन गरी कर्जामा कर्जामा ७ अर्ब २ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानी ७२ दशमलव ३४ प्रतिशतले बढेर ८ करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा २८३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

जसको निष्कृय कर्जा शुन्य दशमलव १४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ४५ प्रतिशत, प्रतिशेयर आम्दानी १८ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८ दशमलव १६ प्रतिशत र नेटवर्थ १२८ दशमलव ७७ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया