अब विदेश जाँदा डलर बोक्ने सीमा घट्दै


आर्थिकन्यूज

काठमाडौं, कातिक २० । नेपाल राष्ट्र बैंकले डलर बोक्ने सुविधाको सिमालाई घटाउने भएको छ । सवसाधारण विदेश जाँदा २५ सय डलर बोक्न पाउने सुविधालाई कटौती गर्दौ १५ सय डलरमा सीमित गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका सह प्रबक्ता भिस्म ढुंगनाका अनुसार विदेश जाने नाममा डलरको अपचलन भएको देखिएकाले डलरको सीमालाई घटाएको हो । उनका अनुसार नेपाल राष्ट्र बैंकले सम्भवता आजै यस विषयमा सर्कुलर जारी गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया