निर्धन उत्थानको नाफामा २० प्रतिशतको वृद्धि


आर्थिकन्यूज
निर्धन उत्थान

काठमाडौं, कातिक २० । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (Nirdhan Utthan Laghubitta Bittiya Sansatha Ltd.) ले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफा १५ करोड ७ लाख रुपैयाँ कमाएकोछ, जुन गत वर्षको तुलनाभन्दा २० दशमलव १३ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोहि अवधिमा लघुवित्तले १२ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा १ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ८ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १६ अर्ब ५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३३ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै खुद व्याज आम्दानीमा २२ दशमलव ११ प्रतिशतले बढेर ३८ करोड १२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा २१ दशमलव ३५ प्रतिशतले वृद्धि गरी २३ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको पहिलो त्रैमासमा निष्कृय कर्जा १ दशमलव ०२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पति १४ दशमलव ३३ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी ६० दशमलव ३१ रुपैयाँ, मुल्य आम्दानी अनुपात १५ दशमलव ९३ गुणा, प्रति शेयर नेटवर्थ २ सय ७४ दशमलव ७८ रुपैयाँ र तलरता अनुपात १५ दशमलव ६२ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया