फोरजीले विस्थापित गर्यो वाइम्याक्स, हातहातमा मोवाइल बोक्न थालेपछि डाटा प्रयोगकता नै डेढ करोड नाघे


आर्थिकन्यूज
टेलिकम

काठमाडौं, कात्तिक २० । नेपाल टेलिकमले करिब २ वर्ष अगाडि सुरु गरेको चौथौ पुस्ताको मोवाइल इन्टरेनट (फोरजी)को प्रयोग बढेसँगै टेलिककै अर्को इन्टरनेट सेवा भने विस्थापित भएको छ । टेलिकमले टेलिकमले २०६९ कात्तिक २७ देखि सुरु गरेको वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रोवेभ एक्सेस (वाइम्याक्स)लाई तीब्र गतिमा प्रयोग थालिएको फोरले विस्तापित गर्न थालिसकेको छ ।

टेलिकम आफैंले पनि फोरजी सुरुसँगै पाँच वर्षभित्रमा वाइम्याक्स प्रविधि विस्थापनको घोषणा गरिसकेको छ । टेलिकमले घोषणा गरेको यस्तो प्रविधिमा नयाँ जडान नगर्ने, प्रविधिमा थप लगानी नगर्ने र यसका ग्राहकलाई विस्तारै सिफ्ट गर्ने अब तीन वर्षभित्र पूर्ण रुपामा वाइम्याक्स विस्थापनको घोषणा गर्ने तयारीमा जुटिकसकोे छ ।

हाल टेलिकमको फोरजी ग्राहक ६ लाख ३५ हजार ७ सय पुगिसकेको छ । एनसेलको १२ लाख ४४ हजार ७ सय र स्मार्ट टेलिकमको ४८ हजार ३ सय गरी हाल देशैभर फोरजी प्रयोगकर्ता १९ लाख २८ हजार ८ सय पुगिसकेका छन् । हाल हातहातमा हुने मोवाइलका कारण मोवाइल डाटा प्रयोगकर्ता १ करोड ५५ लाख नाघिसकेको छ ।

टेलिकमले अबको बजार नै फोरजीको भएका निष्कर्षसहित वाइम्याक्स विस्ताथपन गर्न खोजेको हो । टेलिकमको वाइम्याक्स पनि फोरजी सेवा नै भएकोले यसको विकल्प सुरु भसकेको उल्लेख छ । संसारले नयाँ प्रविधि आत्मसाथ गरेकोले अब टेलिकमले पनि पुरानो प्रविधिलाई विस्थापन गरेर नयाँ प्रविधि मात्रै आत्मसाथ गर्न थालेको टेलिकमको भनाइ छ ।

टेलिकमले वाइम्याक्ससँगै सीडीएमए मोवाइलमा पनि दुई वर्षदेखि नै लगानी गर्न छोडेको छ । ग्राहकवर्षमा नकारात्मक सन्देश नजाओस र विस्तारै यसका ग्राहकल अर्को नयाँ र आधुनिक प्रविधिमा सिफ्ट होउन भनेर ग्राहकलाई भने प्रयोग गरिरहेको प्रविधिलाई हटाउनुस भन्न नसकिएको टेलिककै एक उच्च अधिकारीको भनाइ छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि वाइम्याक्सको प्रयोग नहुने र फोरजी एलटीई सेवाकै प्रयोग बढी हुने गरेको छ । अन्तर्राष्ट्रिय समूदायमा ५ जीसम्मको मोवाइल इन्टरनेट भित्रिसकेको छ । नेपालमा प्रविधि आइपुगेकोपनि विस्तार भने ढिलो हुने गरेको छ ।

दुई वर्ष अगाडि भित्रिएको फोरजी टेलिकमले अझै देशव्यापी बनाउन सकेको छैन । उपत्यका र पोखरामा मात्रै सिमित टेलिकमको फोरजी अझै देशव्यापी पुग्न करिब एक वर्ष लाग्ने उल्लेख छ ।

टेलिकमले अब महंगो प्रविधि अबलम्बन गर्नुभन्दा विश्वभर प्रयोगमा आइरहेको र थप अध्ययन अनुसान्धन र नयाँ प्रविधिको खोजी हुने फोरजीलाई नै बढी जोड दिन थालेको छ । काल वाइम्याक्समा भने अनुसन्धान हुन छाडेकोले र खर्चिलो पनि हुँदै भएकाले टेलिकमले विस्थापन थालिरहेको हो ।

नेपाल टेलिकमले २३ सय ब्यान्डको ३० मेगाहर्ज फ्रिक्वेन्सीमा ताररहित उच्चगतिको इन्टरनेट वाइम्याक्स संचालन गरिरहेको छ । यो प्रविधि अहिले ७५ वटै जिल्लामा रहेको छ ।

सन् २०१५ पछि यसको नयाँ प्रविधि उत्पादन नै हुन छाडेको, विश्वमै कम प्रयोग हुन थालेको, नेपालमा प्रविधि महंगो र प्रयोगको पहँुच कम भएकोले नेपालमा पनि विस्थापन गर्न खोजिएको हो ।

वाइम्याक्सको टेक्नोलोजी नै फेजआउट भैसकेकोले टेलिकमले पनि यो प्रविधिमा थप लगानी नगर्ने उल्लेख छ । फेजआउट हुन खोजेको प्रविधि थप लगानी गर्नुले कुनै लाभ नदिने भएकोले अहिलेको सेवा जति छ त्यसैलाई निरन्तरता गर्ने र आगामी वर्षमै यो प्रविधि विस्थापन गर्ने तयारी टेलिकमको छ ।

वाइम्याक्स पनि फोरजी नै हो । वाइम्याक्स सुरु भएको करिब पाँच वर्षमा यसका देशैभरका ग्राहक संख्या जम्मा १६ हजार मात्रै छन ।  बजारमा हुने अनुसन्धान पनि वाइम्याक्समा निकै कम हुन्छ । यसका नयाँ डिभाइस पनि कम बन्ने गरेको छ ।

थ्रीजी सेवाको स्तरोन्नती भएर फोरजी हुँदै फाईभजी पुगिसक्यो । फोरजीमा भ्वाइस (कुराकानी) पनि गर्न मिल्छ । टेलिकमले सुरु गरेको फोरजी पनि डेटाको लागि मात्रै हो । यसमा भिओएलटीईबाट भ्वाइस चलाउन सकिन्छ । नेपालमा सुरु भएको फोरजीमा भ्वाइस चलाउनुपरे थ्रीजीमा कनेक्ट हुन्छ । जसले गर्दा डेटा र भ्वाइस दुबै चल्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया