सिटिजन्स बैंकले कमायो ३४ करोड ३५ लाख नाफा, बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ


आर्थिकन्यूज
सिटिजन्स

काठमाडौं, कात्तिक २० । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा ३१ करोड ९० लाख रुपैयाँमात्रै रहेको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नियामकीय समायोजनपछिको नाफा (फ्रि प्रोफिट) ३४ करोड ३५ लाख रहेको देखाएको छ भने यो अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१.२६ रुपैंया रहेको उल्लेख छ ।

यो अवधिमा सिटिजन्सले ६३ अर्ब ३८ करोड निक्षेप संकलन गरेको छ भने ५९ अर्ब ८८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्ष ५२ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंकले यो अवधिमा व्याज आम्दानीबाट २ अर्ब १६ करोड रुपैयाँ कमाएकोमा यसवापतको खर्च १ अर्ब ४१ करोड ऋणत्मक रहेको देखाएको छ ।

यस अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात १.२३ प्रतिशत छ भने यसको कर्जा निक्षेप अनुपात ७९.६२ प्रतिशत रहेको छ । लगानीयोग्य कोषको लागत ८.७४ प्रतिशत, आधार ब्याजदर ११.४७ प्रतिशत, प्रतिशेयर आम्दानी २१.२६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४१.१८ रुपैंया छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया