तीन महिनामा २५ वटा कम्पनीको १ अर्ब ८८ करोड बराबरको आइपीओ


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १९ । चालू आर्थिक वर्षको तीन महिनामा २५ वटा संगठित संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका मध्ये ३ वटा जलविद्युत कम्पनीहरु र १ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थाहरुलाई १ अर्ब ८८ करोड रुपैयाँ बरावरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।

आईपीओ अनुमतिको प्रकृयामा रहेका मध्ये १० वटा संगठित संस्थाको निवेदन प्रारम्भिक पूनरावलोकनको प्रकृयामा रहेकोमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको बोर्डले जनाएको छ । त्यस्तैगरि, ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आईपिओ निष्काशन गर्न सूचित गरिएको छ ।

त्यस्तै १ वटा संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ भने ७ वटा संगठित संस्थाहरुले बोर्डको राय सुझाव बमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेकोमा प्राप्त जवाफको पूनरावलोकन गरी ३ वटा संस्थालाई राय सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेश गर्न सूचित गरिएको छ ।

प्रकृयामा रहेका मध्ये गर्जाङ उपत्यका हाइड्रो पावर लि., लाफिङ्ग बुद्ध पावर नेपाल लि. र यूनिक हाइडेल कं. लि.लाई आवश्यक कागजात तथा प्रकृया पूरा गर्न सूचित गरिएकोमा लामो अवधि सकिदा समेत कुनै प्रतिकृया प्राप्त नभएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो त्रैमासमा मात्र ११ वटा संगठित संस्थाले आईपिओको अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेका छन् । गत आ.व.को सोही अवधिमा जम्मा १९ वटा संगठित संस्थाहरुको निवेदन आईपिओ अनुमतिको प्रकृयामा रहेका थिए । गत आ.ब. को सोही अवधिमा जम्मा १ वटा कम्पनीलाई रु.१ करोड ८० लाख बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरिएको तुलनामा चालु आ.ब.को पहिलो त्रैमासमा आईपीओ अनुमतिको संख्या र रकम दुवैमा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ ।

२ वटा संगठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन पेश गरेको समेत गरी जम्मा ११ वटा संगठित संस्थाहरुको निवेदन प्रकृयामा रहेका थिए । गत आ.व. को साेिह अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाहरुको हकप्रद शेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रकृयामा रहेका थिए ।

पहिलो त्रैमासमा हकप्रद निष्काशनको संख्या तथा रकममा कमी आएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याइसकेको देखिएकोले हकप्रद शेयर निष्काशनमा कमी आएको बोर्डको भनाइ रहेको छ ।

बोर्डले ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई १६ करोड ९० लाख रुपैयाँ बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको छ । पेश गरिएका निवेदन मध्ये ६ वटा संस्थाको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु अध्ययन गरी आवश्यक सुधार गर्न राय सुझाव पठाइएको छ भने १ वटा संस्थाको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु पूनरावलोकनको प्रकृयामा रहेको छ ।

प्रकृयामा रहेको मध्ये अपि पावर कम्पनी लि.ले पेश गर्नुपर्ने अद्यावधिक विवरणहरु हाल सम्म प्राप्त भएको छैन । गत आ.ब. को सोही अवधिमा जम्मा १४ वटा कम्पनीलाई ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति प्रदान गरिएको बोर्डले बताएको छ ।

बोर्डले २ वटा संगठित संस्थालाई ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न समेत अनुमति प्रदान गरेको छ । गत आ.ब. को सोही अवधिमा ऋणपत्र निष्काशनको लागि कुनै पनि संगठित संस्थाले निवेदन पेश गरेका थिएनन् ।

त्यसैगरी, बोर्डले १७ वटा संगठित संस्थाहरुकोे ५ अर्व ७६ करोड रकम बरावरको बोनस शेयर दर्ता गरिएको छ जुन अघिल्लो आ.व. को सोही अवधिको तुलनामा संख्यात्मक हिसाबले ८८.८९ प्रतिशत तथा रकमको हिसाबले ५४३.५४ प्रतिशतले बढि भएको बोर्डले विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया