कलाकार स्व. बोगटीको परिवारले पाए जीवन बीमाको रकम


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १८ । चलचित्र कलाकार संघका अध्यक्ष स्व. रामकेशर बोगटीका परिवारलाई एल.आई.सी. नेपालले जीवन बीमाको रकम हस्तान्तरण गरेको छ । (रु ४४ लाख) एक कार्यक्रमबीच उक्त रकम हस्तानान्तरण गरेको हो ।

५८ बर्षीय बोगटीको गत असोज २३ गते विहान टीकाथलीमा विजुलीको तार र पोलले लागेर मृत्यु भएको थियो ।

स्थानिय त्रिपुर संगम समाज र एलआईसी नेपालले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा उक्त बीमा रकम महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, एलआईसीका कम्पनी सचिव विनोद भुजेल र चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खडकाले स्व. बोगटीको परिवारलाई हस्तानान्तरण गरेका हुन् ।

कार्यक्रममा चलचित्रकर्मीहरु तथा स्थानिय समाजसेवीहरुले स्व. बोगटीप्रति श्रद्धान्जलीसमेत् अर्पण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया