क्रिकेटका युवा स्टार सन्दिपमाथि किन भयो कारबाही


आर्थिकन्यूज

काठमाडौं, कार्तिक १८ । राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाएका युवा क्रिटेक खेलाडी सन्दिप लामिछाने कारबाहीमा परेका छन् । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा प्रतियोगितामा विराटनगर टाईटन्सका कप्तानसमेत रहेका सन्दीप लामिछानेले खेलका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम उल्लघन गरेको भन्दै कारबाही भएको हो।

कारबाही स्वरूप सन्दीपको एक अंक घटाइएको छ। पीपीएल क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार चितवन राइनोजविरुद्ध भएको खेलमा सन्दीपले मैदानमा पटक पटक रेफ्रीको निर्णयप्रति आपत्ति जनाउँदै रेफ्री विनय झा र सञ्जय गुरूङलाई दुर्व्यव्यवहार गरेको बताइएको छ । सन्दिपको व्यवाहरप्रति असन्तुष्ट हुँदै समर्थक तथा दर्शकले मैदानमा नारबाजी गरेका थिए । चितवनसँग ४ विकेटले पराजित हुँदै विराटनगर समूहचरणबाट बाहिरिएको छ।

‘सन्दिपजस्तो स्टार खेलाडी अरुका निम्ति प्रेरणा बन्न सक्छन्, उनका ससाना गतिविधिलाई धेरैले नियालेका हुन्छन् । उनले आफूलाई संयमित राख्न सिक्नुपर्छ, आफूलाई संयमित राख्न नसक्दा कयौं स्टार खेलाडीको कयिअर ध्वस्त भएको विश्व इतिहास छ,’ दर्शकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया