पर्यटन बोर्डले आफ्नो मूल उद्देश्यविपरित व्यापारिक प्रयोजनमा हात, खप्तडमा होटल खोल्न ६ करोड छुट्यायो


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २४ । नेपाल पर्यटन बोर्डले पहिलो पटक व्यपारिक प्रयोजनमा हात हालेको छ । बोर्डले खप्तडमा होटल खोल्न ६ करोड रुपैयाँ बजेट निकासा गरेको छ । बोर्डको भर्खरै स्वीकृत पाएको बजेटमा खप्तडमा पर्यटकीय सेवा र सुविधाका लागि ५० जना सम्मको इको रिसोर्ट खोल्ने उल्लेख रहेको बोर्डले जानकारी दिएको छ ।

नेपालको पर्यटन प्रवद्र्धन र विकासको निम्ति २० वर्ष अगाडि स्थापित भएको बोर्डले स्थापनाको मर्म र उद्देश्य विपरित व्यापारिक प्रयोजनमा हात हालेको छ । बोर्डले चालू आवको बजेटमा होटल खोल्ने योजनासहित रकम विनियोजन गरेको हो । बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना गरेर सरकारले पर्यटन प्रवद्र्धनमा मात्रै केन्द्रित गराउने उद्देश्य अगाडि सारेको थियो ।

बोर्डले आफ्नै उद्देश्यविपरित नाफामुखि बन्न सुदूरपश्चिमको खप्तडमा होटल खोल्न योजनालाई बोर्ड बैंठकले स्वीकृत गरेको बजेटमा पार्न सफल भएको छ । निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा पर्यटकबाट उठाइएको शुल्कको दुरुपयोग गर्दै होटलमा लगानी गर्नेगरी बोर्डले बजेट तयार आरोप पनि बोर्डलाई लागेको छ ।

निजी क्षेत्रलाई होटल खोल्न वनले अनुमति नदिएकोले पनि सरकारी निकायले नै गर्दा लबिङ भएर होटल खोल्न सकिन्छ कि भन्ने आधारमा बजेट गरको दाबी बोर्डकै सदस्यको छ । विगतमा सरकारले होटलमा लगानी गर्ने विषय बाहिर आउँदा सबैभन्दा चर्को स्वरमा विरोध गर्ने निजी क्षेत्रनै बोर्डमा पुगेपछि राज्यको ढुकुटी खर्चेर होटलमा खोल्न र सिमित व्यक्तिको स्वार्थ पूर्तिमा लागेका हुन ।

बोर्डले पहिलोपटक पर्यटकीय होटल बनाउने र निजी क्षेत्रलाई सञ्चालनको निम्ति भाडामा दिने गरी खण्डतमा होटल चलाउने गरी योजना अगाडि सारेको जानकारी दिएको छ । ‘खप्तडमा पुग्ने पर्यटकले बस्ने खाने व्यवस्था नहुदाँ समस्या रहेको गुनासो बढेपछि बोर्डले वातावरणमैत्री रिसोर्ट खोल्न लागेको तथा बोर्डले बोर्डले लगानी गर्न र आम्दानी दुबे गर्न मिल्ने भनाइ पनि बोर्डका सीईओ दीपकराज जोशीको छ ।

बोर्डको ऐनले दिएको अधिकार अनुसार नै होटल चलाउने कार्यक्रम अगाडि बताएको छ । बोर्डले व्यक्तिसरह लगानी गर्न र अम्दानी गर्न सक्ने व्यवस्था रहेकोले नै पहिलोपटक प्रतिफल दिने कार्यक्रमकौ रूपमा होटल बनाउने योजनालाई अगाडि सारिएको जोशीले बताएका छन् । बोर्डले अहिले पनि निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहभागि गरेर उनिहरुबाट लिने शुल्कलाई आम्दानीको माध्यम बनाएको छ ।

जिल्लालाई योजना बनाइदिने, परामर्शतादाको काम गर्नेसहितको काम बोर्डले गर्ने गरेको छ । बोर्डले लगानी गरेर आम्दानी गर्न सक्ने व्यवस्था भएकोले नै हामीले गर्ने एकोहोरो लगानीलाई अब भने प्रतिफल लिने ठाउँमा पनि लगानी गर्ने गरी होटल खोल्न लागिएको जानकारी दिएको छ ।

साथै, बोर्डले चालू आर्थिक वर्ष २०७५/७६ को निम्ति करिब १ अर्ब ७१ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । पर्यटन बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष सुरु भएको साढे तीन महिनापछि शुक्रबार स्वीकृत गरेको हो । उक्त बजेटको प्राथमिकता भने पर्यटनको प्रवद्र्धन र बजारीकरण नै रहेको छ ।

बोर्डले छिमेकी मुलुक चीन र भारतमा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट स्वीकृत गरेको हो । बोर्डका कर्मचारीसँगै पर्यटनका अन्य जनशक्तिलाई क्षमता अभिवृद्धिको तालिम दिने बजेटको प्रथामिकतामा परेको छ ।

पर्यटन मन्त्रालयले लामो समयदेखि तय गरेको टुरिजम स्याटेलाइट एकाउन्टको कामलाई अब बोर्डले अगाडि बढाउने भएको छ । बोर्डले केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर यो कार्यक्रमलाई अगाडि बढाउने गरी यो बर्षको बजेटको कार्यक्रममा राखेको छ ।

बोर्डले तय गरेको चालू आवको बजेटको प्रमुख खर्चमा पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धमा ३७ करोड ३५ लाख, जनसम्पर्क तथा प्रचार प्रसारमा ३२ करोड १५ लाख, पर्यटन सम्पदा तथा संशाधन विकासमा २४ करोड ३९ लाख, अनुसान्धान योजना तथा अनुगमनमा पाँच करोड ८० लाख, प्रादेशीक कार्यायलाई सात करोड ६६ लाख तय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया