वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु, तीन महिनामा ११६ नेपालीले विदेशमा ज्यान गुमाए


आर्थिकन्यूज
रोजगारीको-लागि-विदेशीने

काठमाडौं, कात्तिक १८ । चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको हुने गरेको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ ।

आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम बर्सेनी बढ्दै गइरहेको छ ।

सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनामा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ ।

सरकारले आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति ७ लाख रुपैयाँ दिने गरेको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारुी दिए ।

बोर्डको साउन, भदौ र असोज तथ्यांक हेर्ने हो भने २ महिनामै १४५ परिवारले १० करोड १५ लाख रुपैयाँ आर्थिक सहायाता पाएका छन् । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया