एक्सेल डेभलपमेन्ट बैंकको नाफा ३ करोड ६१ लाख, प्रतिशेयर आम्दानी २० रुपैयाँ


आर्थिकन्यूज
एक्सेल डेभलपमेन्टको सञ्चालकमा लम्साल नियुक्त

काठमाडौं, कात्तिक १७ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडल चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिमा ३ करोड १५ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

यो बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको भने जगेडा कोषमा १८ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकले यो अवधिसम्ममा लिएको सापटी ४५ करोड रहेको छ ।

यसले चालू आवको पहिलो त्रैमाससम्मा गरेको निक्षेप संकलन ५ अर्ब ७ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप संकलन ४ अर्ब ५५ करोड मात्रै थियो ।

यो बैंकले गरेको लगानी ७ करोड २४ लाख रुपैयाँ छ । यसले चालू आवको पहिलो त्रैमाससम्ममा गरेको कर्जा प्रवाह ४ अर्ब ७५ करोड छ गत वर्ष यस्तो कर्जा प्रवाह ३ अर्ब ८७ करोड थियो ।

यो बैंकले गरेको व्याज आम्दानी १२ करोडबाट बढेर १५ करोड पुगेको छ । व्याजवापतको खर्च पनि गत वर्ष ६ करोड १८ लाख भएकोमा यो वर्ष ७ करोड ५३ लाख पुगेको छ ।

यो बैंकको संचालन मुनाफ ५ करोड २७ लाख छ । यसको खराब कर्जा अनुपात ०.७७ प्रतिशत छ । यसको प्रतिशेयर आम्दानी बार्षिक २०.८८ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १२६.२२ रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया