ओपोको ए सेभेन यसै महिना आउँदै


आर्थिकन्यूज

काठमाडौं, कार्तिक १६ । ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागिे नयाँमोडल ए सेभेन सार्वजनिक गर्ने घोषणा गरेको छ । शक्तिशाली ब्याट्री, फेसनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) समर्थ क्यामेरा र शक्तिशाली ब्याट्रीलगायत आकर्षक फिचर्स रहेको ए सिरिजअन्तर्गत हो ।

ए सिरिज ओपोकै वेष्ट सेलिङ स्मार्टफोनअन्तर्गत पर्छ । एआई २.० सुसज्जित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र १३ एमपी प्लस २ एमपी डुअल रियर क्यामेरा तथा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्रीसहितको नयाँ ओपो ए सेभेनले नेपालभरका आफ्ना उपभोक्तालाई आकर्षित गर्नेमा कम्पनी विश्वस्त छ ।

रहेको ए सेवेनकाबारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने–‘मितब्ययी मूल्यमै डुअल क्यामेरा सेट—अप, ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथै अत्याधुनिक फिचर्स सुसज्जितफोन प्रयोग गर्न पाइयोस् भन्ने उपभोक्ता, विशेषगरी युवा चाहनाको कदर गर्दै हामीले ए—सिरिज अन्तर्गतकाफोन उपलब्ध गराएका हौं । ओपो एफ सेभेनमा रहेको शक्तिशाली ब्याट्रीको सहायताबाट तिनले आफ्नो सक्रिय दैनिकीलाई समय समयमा अनुभव गराउने चार्जिङको समस्यालाई सधैंका लागि बिदा गर्न पाउनेछन् ।’ यो फोन नोवेम्बर महिनाको मध्यतिर सार्वजनिक हुने तयारीमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया