थाइल्यान्ड र नेपालबीच साताको १८ उडान थप्ने सम्झौता, फिफ्थ फ्रिडमको अधिकारसहित हवाई सेवा सम्झौता नवीकरण


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १६ । नेपाल र थाइल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । शुक्रबार थाइल्यान्डमा भएको नेपाल र थाइ सरकारबीचको द्विपक्षीय हवाई सेवा सम्झौतामा दुबै मुलुकले सातामा १८ वटा उडान थप गर्ने पाउने गरी नयाँ सम्झौता भएको छ ।

हाल नेपाल र थाइबीच सातामा १० वटा मात्रै उडान गर्न पाउने सम्झौता छ । यसलाई थप गरेर अब सातामै १८ वटा थप गरेर २८ वटासम्म उडान दुबै मुलुकले अक अर्को देशका विमास्थलमा गर्न पाउने गरी सम्झौता गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले शुक्रबार बिहान थाइल्यान्डबाट जानकारी दिए ।

यो सम्झौता पनि अब दुबै मुलुकले दैनिक ४ वटासम्म हवाई उडान गर्न सक्छन्। यो हवाई सेवा सम्झौतामा दुबै मुलुकले पाँचौ ट्राफिक स्वतान्त्रताको अधिकार (फिफ्थ फ्रिडम)को अधिकार पाउने गरी सम्झौता भएको छ । यस्तो सम्झौता अनुसार थाइल्यान्डले नेपाल आउने बाहेक तेस्रो मुलुकको यात्रु लिएर आउन पाउने छ ।

नेपालमा यात्रु ओरालेर र अर्को मलुकको थप गरेर जान पाउने छ । नेपाललले थाइल्याण्डलाई भारतको दिल्ली बाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्व एसियाली र मध्यपूर्वका मलुकका २ वटा मध्यस्थ विन्दूको रुपमा उडान गर्न पाउँछ ।

भारतमा भने नयाँदिल्ली बाहेककाके २ वटा गन्तव्यमा नेपाललाई मध्यस्थ विन्दू मानेर यो अधिकार प्रयोग गर्दै उडान गर्न पाउँछ । यस्तो अधिकार अनुसार थाइले भारतका लागि यात्रु राखेर ल्याउने र नेपाल आउने यात्रुलाई आरालेपछि नेपालबाट भारतजाने यात्रु पनि थप गरेर भारत जान पाउँछ ।

यस्तो अधिकार नेपाल वायुसेवा निगमको एकाधिकार भएको गन्तव्यमा दिनु हुँदैन भने यस अघि चर्को विरोध भएको थियो । निगमकै विरोधकै कारण यस अघि ७ वर्ष पहिले एयर अरेवियालाई नेपालबाट मलेसिया उडानमा दिएको यस्तो अधिकारको चर्को विरोध भएको कारण उक्त वायुसेवाको उडान नै रद्द भएको थियो ।

यस्तो अधिकार अन्तर्गत नेपालले पनि थाइलाई मध्यस्थ विन्दूको रूपमा प्रयोग गरेर २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियालाी, र उत्तर पूर्व एसियाली र प्रशान्त क्षेत्रका मुलुकमा उडानको लागि फ्फ्थि फ्रिडम अधिकार पाएको छ ।

सम्झौता अनुसार दुबै पक्षले मालबाहक उडान गर्दा उडान सीमा नतोक्ने भएको छ । दुवै पक्षले तेस्रो पक्षको मुलुकसँग सम्झौता गरी तेस्रो मुलुक कोड शेयर को आधारमासमेत उडान प्रवन्ध मिलाउन सक्ने छ ।

यस्तो सम्झौतामा नेपालको पक्षबाट पर्यटन मन्त्रालयका सहसचिव आचार्य र थाइ पक्षबाट थाइ नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकमानोपले हस्ताक्षर गरेको पनि पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयका अनुसार यसअघि थाइल्यान्डसँग सन् १९७१ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । त्यतिबेला दैनिक एक उडानको सम्झौता थियो ।

सन् २००४ मा सम्झौता पुनरावलोकन गरेर दुबै मुलुकका वायुसेवा कम्पनीले एक–अर्को मुलुकमा साताको मात्र १० वटा उडान गर्न पाउँछने व्यस्था गरियो ।

सोही व्यवस्था हालसम्म चलिरहेको छ ।  पछिल्लो समय दुबै मुलुकबीच बढेको हवाई चाप अनुसार अब भने नयाँ सम्झौता अनुसार हवाई उडान हुने उल्लेख छ ।

अहिले थाइल्यान्डका दुई वायुसेवा कम्पनी थाइ एयरवेज र थाइलाइन एयरले नेपालमा नियमित उडान गरिरहेका छन । नेपालबाट नेपाल वायुसेवा निगमले साताको ३ उडान मात्रै गर्छ । हिमालय एयरले उडान अनुमति पाएपनि सुरु भने गरेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया