अजोड इन्स्योरेन्सको नाफा ५८ लाख, बीमाशुल्क आर्जनबाट ४ करोड २९ लाख


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १५ । अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ लाख ७२ हजार रुपैयाँ नाफा कामाएको छ । यो बीमा कम्पनीको नाफा अघिल्लो वर्षको त्रैसासको अन्तिमसम्ममा २ करोड थियो ।

यो बीमा कम्पनीले कुल बीमाशुल्क आर्जनबाट ४ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ यसले ३ हजार ७३५ वटा बीमालेख जारी गरेको छ । यो बीमालेखामा २ वटा बीमालेखबाट २ लाख रुपैयाँकै दाबी गरेको छ ।

यसले एउटा बीमालेखको मात्रै भुक्तानी गरेका छ भने एउटालको ४७ हजार रुपैयाँ बाँकी नै छ । यो बीमा कम्पनीको चुक्ता पुँजी ७० करोड छ ।

यसको बीमा कोषमा २९ लाख मात्रै छ भने जगेडा कोषमा २ करोड २२ लाख छ । यसको प्रतिशेयर आम्दानी जम्मा ८४ पैसा मात्रै छ भने प्रतिशेयर नेटवर्थ १०३.७९ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया