उखु किसानको करोडौ नतिर्ने चिनी उद्योगी पक्राउ


आर्थिकन्यूज

काठमाडौं, कार्तिक १४ । उखु किसानको करोडौ रुपैयाँ नतिर्ने चिनी उद्योग सञ्चालकलाई प्रहरी पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चिनी उद्योग सञ्चालक राकेश अग्रवाललाई बुधबार पक्राउ गरेको हो।

उनी सञ्चालक रहेको इन्दिरा सुगर एण्ड एग्रो प्रालिको तर्फबाट ८ करोड ५८ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको तर्फबाट ३८ करोड ६८ लाख रुपैयाँ गरी ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया