सानिमा जनरल इन्स्योरेन्सको शाखा बीरगञ्जमा


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १३ । सानिमा जनरल इन्स्योरेन्स, शाखा कार्यालय बीरगंज स्थापना गरेको छ । उद्घकटन समारोहमा कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज गिरीको उपस्थितिमा कम्पनीका संचालक खेम राज लामिछाने गरेका हुन् ।

यस कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको छिटो छरितो, सर्वसुलभ पहँुच साथै यथोचित सुविधा पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको हो ।

देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया