आँखुखोला हाइड्रोको आईपिओ अाज बाँड्दै


आर्थिकन्यूज

काठमाडाैं, कात्तिक ११ । आँखुखोला हाइड्रोपावरको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ। जसमा आवेदन सदर भएका सबै आवेदकले शेयर पाउने निश्चित भएको छ ।

कूल निष्काशन गरेको आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निदेशिका अनुसार बाँडफाँड हुनेछ । यस अनुसार प्रत्येक आवेदकलाई गोलाप्रथाबाट दश कित्ता शेयर बाँडफाँड हुनेछ । यस अनुसार सबै आवेदकले कम्पनीको शेयर न्युनतम १० कित्ता पाउनेछन् । अधिकतम शेयर प्राप्त गर्नेले २० कित्ता प्राप्त गर्नेछन् ।

कम्पनीको सेयरमा आवेदन गरेका मध्ये ४७ हजार ४ सय जनाले २० कित्ताको दरले सेयर पाउने गरी मोडल तयार भएको छ । कम्पनीको आईपिओमा परेका आवेदन मध्ये ६१ व्टा आवेदन रद्ध भएका छन् । कम्पनीको सेयरमा ८३ हजार ३ सय १६ जना लगानीकताले आवेदन गरेका थिए ।

क्यापिटलका अनुसार कम्पनीको सेयरमा ४।४३ गुणा बढी आवेदन परेको हो । कर्मचारीका लागि २७ हजार ५ सय २० कित्ता सेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता सेयर मात्र माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया