‘एटिएम कार्डको शुल्क घटाउ, अब क्यासलेस कारोबारले तिव्रता पायो’


आर्थिकन्यूज
फोटो/आर्थिक न्युजडटकम

काठमाडौं, कात्तिक ९ । क्यासलेस कारोबारले तिव्रता लिएकाले अब बैंकले उपलब्ध गराउँदै आएको एटिएम कार्डको शुल्क घटाउन अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् ।

शुक्रबार राजधानीमा नेपाल क्लियरिङ हाउसले निर्माण गरेको अनलाइन पेमेन्ट प्रणाली आइपीएस वेव एप्लिकेसन र मोबाइल एप्सको उद्घाटन गर्दै अर्थमन्त्रीले अब नेपाल क्यासलेस प्रविधिमा आधारित कारोबारमा धेरै काम अघि बढिसकेकाले बैंकहरुले निष्कासन गर्ने महगो शुल्क लिने एटिएम कार्डलगायतका सुविधाहरु काम नलाग्ने बताएका हुन् ।

फोटो/आर्थिक न्युजडटकम

२०६५ मा नेपाल क्लियरिङ हाउस स्थापना गर्ने सोच लिएर राम्रो काम गरेको बताउँदै उनले भने, ‘सरकारको मुख ताक्ने कामबाट सबै अब अघि बढौं कसै न कसैले त राम्रो काम गर्यो भने हुँदो रहछ नि त भन्ने उदाहरण बनेको छ नेपाल क्लियरिङ हाउस ।’

उनले भने,‘नेपाल क्लियरिङ हाउस कठिन बेलामा शुरु गरिएको थियो त्यसबेला स्थापना गरियो तर त्यसमा सदस्य बनाउन ठूलो मेहनत गर्न पर्यो, बाणिज्य बैंहरु सजिलै सदस्य हुन आएपनि विकास बैंकहरु आउँन नै मानेन् ।’
सरकारी काम र बैंकमा देखिएको झनझटिलो कारोबारलाई सहज बनाउन नेपाल क्लियरिङ हाउसले विकास गरेको प्रविधिले साथ दिने पनि उनले बताए ।

फोटो/आर्थिक न्युजडटकम

हाल मोबाइल कम्पनीहरुले क्यासलेस कारोबार गरिहेका छन् तर क्यास कै कारोबार गर्ने बैंक वित्तीय सस्थाहरुले किन क्यासलेस कारोबार नगर्ने अब मोबाइल कम्पनी र बैंकहरुबीचमा प्रविधिको कारोबारमा प्रतिस्पर्दा हुने उनले दावी गरे ।
अब डिजिटल प्रविधिलाई अझ सहज र सुरक्षित बनाउन डिजिटल सिग्नेचरको विषयमा पनि सरकारले चाँडौ टुङग्याउने जानकारी समेत दिए ।

सञ्चालन खर्च कम गर्दै प्रविधिमैत्री कारोबारमा सरकारले ध्यान दिने अर्थमन्त्री डा. खतिवडाले बताए । अब सरकारले चाँडौ इकमर्शको नियामावली बनाउनका लागि समिति बनाउँने र इकमर्शका आधारमा सबै क्षेत्रको सञ्चालन खर्च कटौति गर्ने योजना यो सरकारले लिएको जानकारी दिए ।

२०७६ को असारभित्र राष्ट्रिय परिचयपत्र बनाइसक्ने र एउटा कार्ड मार्फत सबै सूचना र कारोबार गर्न मिल्ने बनाउने तयारीमा सरकार लागेको अर्थमन्त्री डा. खतिवडाले दावी गरे ।

सोहि कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक गभर्नर डा. चिरञ्जीवी नेपालले क्यासलेस प्रविधिमा आधारिक कारोबारको सुरक्षामा शंखा नगर्न आग्रह गरे राष्ट्र बैंकले आर्थिक कारोबार गर्न दिएका संस्थाहरुलाई राष्ट्र बैंकले कडाइका साथ अनुगमन गरिहेकाले यसको प्रविधि ढुक्कभएर कारोबार गर्न उनले आग्रह गरे ।

उनले हाल प्रविधिमा आधारित ११ वटा संस्थालाई कारोबार सञ्चालनको असयपत्र दिएको र ५ वटालाई सञ्चालनको अनुमति दिएको उनले जानकारी गराएका थिए ।

फोटो/आर्थिक न्युजडटकम

सोहि कार्यक्रममा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले अब नेपालमा अनलाइन पेमेन्टको सम्पूर्ण पूर्वाधार विकास भइसकेकाले नेपालमा अब अन्तराष्ट्रिय स्तरको अनmलाइन पेमेन्ट प्रणाली भएको दावी गरे । देशका हरेक क्षेत्रको आर्थिक कारोबार अब अनलाइनबाट गर्न सहज र भरपर्दो भएको उनले बताए ।

धितोपत्र बजारको कारोबारमा समेत १० वटा ब्रोकर कम्पनी अनलाइन पेमेन्ट प्रणालीमा आवद्ध भइसकेको जानकारी गराएका थिए । उनले भने, ‘अब नेपालमा हुने सम्पूर्ण आर्थिक कारोबारलाई सुविधासम्पन्न र भरपर्दो बनाउन नेपाल क्लियरिङ हाउस तयार रहेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया