नेपालमा मेडिकल टुरिज्म विकास­ देशको अर्थतन्त्रमा एक नयाँ आयाम


आर्थिकन्यूज

काठमाण्डौं, कात्तिक ८ । नेपालमै सम्भव हुने उपचारमा समेत उच्च ओहोदाका मन्त्री, नेता तथा कर्मचारीहरुनै विदेशमा उपचार गर्न जाने हुनाले नेपालको अस्पताल तथा चिकित्सकहरुमा अविश्वासको प्रश्न चिन्ह देखिन्छ ।

त्यतीमात्र हैन स्वयं चिकित्सकहरु पनि आफ्नो तथा परिवारको उपचारको लागि बिदेशमा गएको देखिन्छ । WHO को डाटा अनुसार नेपाली बिरामीहरुले औषत उपचार खर्च डलर ४५०० देखि ८००० खर्च गरेको देखिन्छ ।

नेपाल सरकार, पर्यटन मन्त्रालयले प्रकासित गरेको २०१० को डाटा अनुसार ८७७४ बिरामीहरु उपचार गर्न बाहिर गएको देखिन्छ । आखिर किन ? उच्च ओहोदा तथा हुनेखानेले नेपालमा उपचार गर्न नहुने ? उपचारको लागि नेपाल देखि बिदेशमा पलायन हुने माध्यमा भारत पहिलो नम्बरमा छ भने थाईल्याण्ड, सिंगापुर, मलेसिया, अमेरिका तथा बेलायत जस्ता देशहरु पनि नेपाली बिरामीहरुको रोजाईमा परेका छन् ।

WHO को अन्र्तराष्ट्रिय स्वास्थ्य डाटा अनुसार विकसित देशबाट अविकसित देशमा उपचारको लागि जाने क्रम १९९० को दशक देखि सुरुभएको हो । यसको कारण १) गुणस्तरिय उपचार २) अनुभवि चिकित्सक ३) कम उपचार लागत ४) आधुनिक उपचार पद्धती ५) तुरुन्त उपचार तथा पर्खनु नपर्ने ६) उपचारको सहि पहिचान तथा उपचार ६) ट्रान्स्पेरेन्सी ७) इन्स्योरेन्स सुविधा इत्यादि ।

अमेरिका पछि एसियामा मेडिकल टुरिजमको विकास धेरै द्रुत गतिमा बढेको देखिन्छ । सन् २०२२ सम्मको एसियन मेडिकल टुरिजमले १४ बिलियनको लक्ष लिएको छ । एसियाको बजार हेर्ने हो निम्नाअनुसार स्थान देखिन्छ ।

नेपाली बिरामीहरुलाई रोक्ने आधार के त ?

अगस्त २० मा हाम्रो सँस्थाले नेपालमा राम्रो भनिने अस्पतालमा १०० बिरामीमा गरेको सर्भेमा ९० प्रतिसत विरामी पैसा भन्दा पनि सहि उपचार पाउने ठाउँमा उपचार गर्ने जाहेरी गर्नु भयो भने १० प्रतिसत सस्तो उपचारमा जाने कुरा गर्नुभयो ।

यो आँकडाले के देखिन्छ भने आन्तरिक मेडिकल टुरिजमको लागि मात्र पहल गर्ने हो भने हाम्रो देशका अस्पतालले राम्रो व्यवसायीक सफलता हालत गर्न सक्छन् । आजको समयमा अस्पतालको व्यवस्थापनले के सोच्नु पर्याे भने अस्पताल खोल्दैमा बिरामी आउँछन्, डाक्टर हुँदैमा अस्पताल चल्छ भन्ने कुरा बिर्सनु पर्याे ।

बिरामीले पनि अस्पतालको प्रचार प्रसार गरेको देख्दैमा त्यो अस्पताल अनि चिकित्सक राम्रो छ भन्ने होईन किनकी आजको समयमा के देखिन्छ भने ८० प्रतिशतभन्दा बढि अस्पताल सरकारी मापदन्ड समेत नपुगेको तथा लाईसेन्स नविकरणको लागिमात्र निबेदन दिएका छन् ।

कुनै पनि मेजर अपरेशन गर्दा एउटा चिकित्सकको राम्रो टिम चाहिन्छ, यहाँ त यस्तो देखिन्छ I am the best भन्ने मेडिकल सपथले गर्दा बिरामीले अकालमा ज्यान गुमाउन परेको छ । न त यहाँ second opinion को लागि कसैले आफ्ना सिनियर तथा विशेषज्ञसँग सल्लाह गर्छन् न अरु चिकित्सकलाई रेफर गर्छन् । यो कस्तो विडम्बना, हाम्रो चिकित्सा क्षेत्र । पूर्ण व्यवसायीक ।

जस्तो सुकै भएपनि हाम्रो बाद्यता भनौ या सोच, फेरी पनि हामी आवाज उठाउँदैनौ, स्वास्थ्य जस्तो गम्भीर सम्वेदनशील क्षेत्रमा सरकारले किन ध्यान दिदैन । थोरै लगानी गरि धेरै प्रतिफलको लागि व्यवसायीक पसललाई किन अनुगमन नगरेको ।

त्यतिमात्र हैन थोरैमात्रामा भएको विशेषज्ञ चिकित्सक क्लिनीकमुखी तथा सेवामुखिभन्दा बढि व्यवसायीक देखिन्छ । नेपालमा हातमा गन्न सकिने विशेषज्ञ चिकित्सकको अभाव अनि कुसल व्यवस्थापनको अभावले गर्दा हामी नेपाली बिरामीहरु दोहोरो मारमा परेका छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया