ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजेन्सी अवार्ड्स नाईट सम्पन्न


आर्थिकन्यूज

काठमाडौं, असोज ३० । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजेन्सी अवार्ड्स नाईट सम्पन्न भएको छ ।

कम्पनीले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्षमा कम्पनीकोे व्यवसाय बृद्धिमा सहयोग पु¥याउने अभिकर्ताहरुको प्रोत्साहान र सम्मान स्वरुप एजेन्सी अवार्ड्स नाईट २०७५ भव्यताका साथ सम्पन्न गरेको छ ।

बुढानिल्कण्ठको पार्क भिलेज रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनीका उच्च पदाधिकारीहरु एवम् अन्य कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने अभिकर्ताहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा राजेश हमालद्वारा सम्मान पत्र तथा विभिन्न विधाका एवार्डहरु हस्तान्तरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया