आइपीओ निष्कासन गर्न लागेको रु रु जलविद्युतले कति रेटिङ पायो ?


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । रु रु जलविद्युत परियोजना लिमिटेडले जारी गर्न लागेको ८ करोड १५ लाख ४१ हजार १ सय रुपैयाँको प्राथमिक निष्कासनलाई यस इक्रा नेपाल लिमिटेडले औसत भन्दा तल आधारहरु (fundamentals) जनाउने [ICRANP] IPO Grade 4 प्रदान गरेको छ ।

ICRA Nepal ले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ । ५ लेकमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने । ± (plus) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

कम्पनीकोआधारहरु सम्बन्धी राय ब्यक्त गरीएका IPO Grade ले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस भने नगरेको इक्रा नेपालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया