सानिमा लाईफ इन्स्योरेन्सको शाखा सुर्खेतमा


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । यस सानिमा लाईफ इन्स्योरेन्स लि. ले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुर्खेतको विरेन्द्रनगरमा रिवन काटी सुर्खेत शाखा कार्यालय शुरुवात गरेको छ ।

जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखा बिस्तार गरेको जनाएको छ ।

प्रमुख अतिथि प्रदेश सभासदस्य माननीय पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइवाट संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त इन्स्योरेन्सको अधिकृत पुँजीस् ३ अर्ब, जारी पुँजी स् २ अर्ब, चुक्ता पुँजी स् १ अर्ब ४० करोड रहेको छ भने, जारी पूँजीको ३०५ अर्थात रु ६० करोड निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्ता पुँजी रु.२ अर्ब कायम गरिने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया