सनराइज बैंक लिमिटेडको थप्यो दुई नयाँ शाखा


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । सनराइज बैंकले झाङको चैनपुर र जुम्लामा शाखा संचालनमा ल्याएको छ । शुक्रबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच चैनपुर शाखाको जय पृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्का तथा जुम्ला शाखाको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले उद्घाटन गरेका थिए ।

यो समेत गरी बैंकको शाखा संख्या ९७ वटा पुगेको छ । साथै बैंकको नेपाल अधिराज्य भर ११० वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया