नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने


आर्थिकन्यूज
nchl logo

काठमाडौं, असोज २६ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको सातौ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैठकले कम्पनीको आ.व. २०७४/७५ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेकोमा बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २१.६ करोड रुपैयाँ हुनेछ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.को शेयर स्वामित्व रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया