फस्र्ट माइक्रोफाइनान्स र भार्गव विकासको एजीएम शनिबार हुदै


आर्थिकन्यूज
साधारणसभा

काठमाडौं, असोज २६ । फस्र्ट माइक्रोफाइनान्स कम्पनी र भार्गव विकास बैंकको साधारण सभा असोज २७ गते शनिबार हुने भएको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा असोज २७ गते शनिबार हुने भएको छ ।
कम्पनीले साधारण सभामा १२.६३१६ प्रतिशत नगद लाभांश वितरण गने भएको छ । यसैगरी, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारणसभाका प्रयोगको लागि असोज १७ गतेदेखि असोज २६ गते सम्म शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ ।
कम्पनीको साधारणसभा असोज २७ गते विहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट, बत्तीसपुतली काठमाडौंमा हुने भएको छ ।

भार्गव विकास बैंक लिमिटडको साधारण सभा असोज २७ गते शनिबार हुने भएको छ ।
बैंकले साधारण सभामा ५ दशमलव ५५५ प्रतिशत अर्थात २ करोड ६४ लाख रुपैयाँको बोनस शेयर र ०.२९५ प्रतिशत अर्थात १३ लाख ८९ हजार ४७३ दशमलव ६८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ ।

भार्गवले गत वर्ष निष्कासन गरेको हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको बुक क्लोज असोज १९ गते रहेकोले १८ गते कायम शेयरधनीले मात्र बोनस प्राप्त गर्नेछ ।

कम्पनीको साधारणसभा असोज २७ गते शनिबार, किचेन हट प्रा.लि., नेपालगञ्जमा बिहान ११ बजे हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया