विवादित क्यासिनो महाजोङ्गलाई सर्वाेत्कृष्ट सम्मान


आर्थिकन्यूज
क्यासिनो माजोङ

काठमाडौं, असोज २६ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोङ्ग विवादमा रहेका बेला नै भारतबाट सर्वाेत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ ।

भारतका पर्यटनमन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै भारत, नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा महाप्रबन्धक अमूल्यविक्रम राणालाई उक्त सम्मान प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योगमध्ये सर्वाेत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेको थियो ।

विसं २०६९ पुस १२ मा क्यासिनो महाजोङ्ग सोल्टी होटलको परिसरमा नेपाल क्यासिनोमा व्यापक मजदुर विवाद भएपछि तत्काललिन सञ्चालकहरु क्यासिनो महाजोङ्ग सञ्चालनमा आएको थियो ।

रिक्रियसन सेन्टरको ब्याबस्थापनमा सञ्चालनमा रहेको नेपाल क्यासिनोका करिब एक हजार मजदुर पक्षको विषयमा सर्वोच्च अदालतले फैसल्ला गरिसक्दा पनि हालसम्म पनि उक्त विवाद मिलाएको छैन ।

एक हजार मजदुरमध्ये ४९ जनाले सर्वोच्च अदालतबाट नेपाल क्यासिनो नै क्यासिनो महाजोङ्ग भएकोभन्दै फैसल्ला भइसक्दा समेत क्यासिनो महाजोङ्गले पुराना कर्मचारीले पाउन पर्ने सेवा सुविधा हालसम्म पनि उपलब्ध गराएको छ ।

नेपाल क्यासोनोका नाम करोडौं रुपैयाँ कर बाँकी रहेको छ । उक्त क्यासिनो क्यासिनो महजोङ्ग नै भएकाले पनि पुरानो कर बक्यौता पनि तिर्न पर्ने देखिएपछि पुराना कर्मचारीहरुको सेवा सुविदा दिन नमानेको क्यासिनो महजोङ्ग क्यासिनोका एक कर्मचारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया