महालक्ष्मी विकास बैंकको लाभांश पारित


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरिएको छ । शुक्रबार बसेको बैंकको ७ औँ वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ । बैंकले हालसम्म करिब रु. २६ अर्ब ३२ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया