३ कम्पनीको १ करोड ७४ लाख ५० हजार कित्ता शेयर सूचिकृत


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ अर्ब ७४ करोड ५० लाख रुपैयाँ को शेयर सूचिकृत भएको छ ।

जसमा पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता र कालिका पावरको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता गरी कुल आइपीओ १ करोड ७० लाख कित्ता सूचिकृत भएको छ ।
त्यस्तै मिरर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

यस साता आईपीओ र हकप्रद शेयर गरी १ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७४ लाख ५० हजार कित्ता नेप्सेमा सूचिकृत भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया