नागरिक लगानी कोषका अध्यक्ष डा.भट्टराईद्वारा पद बहाली


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् ।
कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषद्को बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा विद्याबारिधी गरेका भट्टराईले हाल पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत् अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन्।

खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईसंँग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरेका छ । साथै भट्टराईसंँग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया