दुई कम्पनीको वार्षिक साधारण सभा आज


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । शुक्रबार दुई कम्पनीको साधारण सभा भएको छ । महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंकको एजीएम भईरहेको छ ।

महालक्ष्मी विकास बैंकको १५ प्रतिशत लाभांशका लागि आज वार्षिक साधारण सभा भईरहेको छ । जसले असोज १४ गते देखि बुक क्लोज गरिएको थियो ।

बैंकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश आज साधारण सभामा पारित गर्नेछ । बैंकको ८ प्रतिशतले हुन आउने २१ करोड ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबरको बोनस र ७ प्रतिशतले हुन आउने १८ करोड ४३ लाख६५ हजार ८२१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । ८ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले साधारण सभाको अन्य प्रस्तावहरुमा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई सैदान्तिक सहमति प्रदान गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) का लागि परामर्शदाता, मूल्याङ्कनकर्ता र लेखापरीक्षक नियुक्ती र पारिश्रमिन निर्धारण लगायतका प्रस्ताव गरेको छ ।

गरिमा विकास बैंकको १३.७५५ लाभांशका लागि आज वार्षिक साधारणसभा भईरहेको छ । बैंकले अहिले कायम रहेको चुक्ता पुँजीबाट १० प्रतिशत बोनस शेयर र ३.७५५ नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ ।

गरिमा विकास बैंकले १० प्रतिशतले हुन आउेन २५ करोड ३४ लाख ८७ हजार ९९९ दशमलव ७१ रुपैयाँ बोनस र ३.७५५ प्रतिशतले हुन आउने ९ करोड ५० लाख ५७ हजार ९९९ दशमलव ८९ रुपैयाँ नगद लाभांशमा खर्च गर्न लागेको हो ।

कम्पनीले साधारण सभा होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजेदेखि सुरु भएको छ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुँदैछ । आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ । अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिंदैछ ।

साधारण सभाका लागि बैंकले असोज १२ देखि २६ गतेसम्म बुक क्लोज गरिएको थियो । यसआधारमा असोज ११ गतेसम्म अर्थात आज सम्ममात्र कायम शेयरधनीले गरिमाको बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया