‘प्रहरीले अपराध अनुसन्धनमा ९० प्रतिशत सफलता पाएको छ’, ‘सरकारको सुखी नेपाली समृद्ध नेपाल साकार पार्न प्रहरी संगठन तयार’


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता हात पारेको बताएका छन् ।

नेपाल प्रहरीको ६३औं स्थापना दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विहीबार आयोजना गरेको कार्यक्रममा समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा नेपाल प्रहरीको सफलता ९० प्रतिशत रहेको भन्दै प्रहरी प्रसाशनको अनुसन्धान र सुरक्षामा प्रश्न उठाउने ठाउँ नभएको बताएका हुन ।

प्रहरीको साख रक्षाका लागि नेपाल प्रहरी थप व्यवसायिक हुन जरुरी रहेको औल्याउँदै प्रधानमन्त्री ओलीले भने–‘प्रहरीले ९० प्रतिशत अपराधी पत्ता लगाए पनि त्यो पर्याप्त होइन । साख जोगाउन नेपाल प्रहरी अझै व्यवसायिक बन्नैपर्छ।’

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीसँग भएको सिमित स्रोत साधानको परिधिमा रहेर अनुसन्धानमा हात पारेको उपलब्धीलाई सबैले सम्मान गर्न पर्ने बताएका थिए । उनले देशमा शान्ति सुब्यबस्थालाई कायम राख्दै सरकारले निर्धारण गरेका आर्थिक उन्नीतका कार्यक्रमलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने धारणा राखेका थिए ।

सरकारले घोषणा गरेको सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउन सकारलाई प्रहरी संगठन जस्तो सुकै सहयोग गर्न तयार रहेको धारणा व्याख्त गरे । प्रहरी संगठनलाई चुस्त दुरुस्त बनाउन भ्रष्टाचार विरुद्धको शुन्य सहनसिलताको सरकारको प्रतिवद्धतालाई समेत उच्च प्राथमिकतामा राखेर संगठनलाई निर्देशन दिएको जानकारी गराए ।

देश संघीय संरचनामा गएकाले २०१२ सालको प्रहरी संगठनको ऐन समेतलाई संशोधन गरि सातै प्रदेशमा प्रहरी संगठनलाई सक्रिय र सक्षम बनाउन आपूm लागि परेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया