नेप्सेमा ९ अंकको वृद्धि, कारोबार जम्मा २५ करोडमाथि


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । साताको अन्तिम दिन बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ दशमलव ९५ अंकले बढेर १ हजार २ सय ८ दशमलव २८ को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ६५ कम्पनीको ८ लाख ६२ हजार ३६८ कित्ता शेयर खरिदबिक्री हुँदा २५ करोड २२ लाख ९१ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ३६ अंकले बढेर २ सय ६१ दशमलव ०४ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार मेगा बैंकको भएको छ । जसको आज १ करोड ६४ लाख ४४ हजार ४५८ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा युनाइटेड फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९५ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ५५ प्रतिशतले घटेको छ ।

यस दिन होटल समूह र उत्पादक तथा प्रशोधन समूह घटेका छन् भने बाँकी सबै समूहहरु बढेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया