हरेक मोबाइलमा ४देखि ६० प्रतिशतसम्म छुटको मेला ३१ गतेसम्म


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर आयोजना गरिरहेको दशैं मोबाइल मेलामा ग्राहकहरुको आकर्षण देखिएको छ ।

दशैंको अवसरमा मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा संचालन भईरहेको दशैं मोबाइल मेला यहि २०७५ असोज २३ गतेदेखि २०७५ असोज ३१ गतेसम्म संचालन हुनेछ ।

मोबाइल फोनमा पाएको अधिक छुट र विभिन्न कम्पनीहरुको उपहार योजनाले गर्दा ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको भीड देखिएको हो । हरेक मोबाइलमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाईने हुँदा ग्राहकहरु मोबाइल किन्न ताम्राकार नै आउने गरेको मोबाइल व्यवसायी संघका सचिव गूरुदत्त शर्माले बताए ।

‘हामीले ग्राहकहरुलाई बढि भन्दा बढि छुट र सेवा दिईरहेका छौं, ग्राहकहरु पनि निकै खुशी भएका छन्, उनले भने । उनले कम्प्लेक्समा यसपटक मोबाइल खरिदमा एउटा इनर्जी ड्रिंक सित्तैमा दिएकोा हुँदा ग्राहकहरुले नौलो अनुभव गरेको जानकारी दिए ।

दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् ।

त्यसैगरि ताम्रकार कम्प्लेक्समा आउने ग्राहकहरुले बजारमा नयाँ आएका स्मार्टफोनहरु खोज्ने गरेको सोहि स्थानमा व्यवसाय गर्दै आएका मोबाइल व्यवसायी संघका कोषाध्यक्ष अनिल ढकालले बताए ।

ताम्राकार मोबाइल बजारको मूख्य केन्द्र भएको हुँदा यहाँ नेपालमा लन्च भएका सबै किसिमका स्मार्टफोनहरु सबैभन्दा पहिले उपलब्ध हुने हुँदा ग्राहकहरु सोधेरै आउने गरेका छन्, कोषाध्यक्ष ढकालले भने ।

ताम्राकार कम्प्लेक्समा नेपालमा लन्च भएका सबै ब्राण्डका र सबै मोडलका स्मार्टफोनहरु र फीचर फोनहरु उपलब्ध हुने गरेको छ । यहाँ न्यूनतम रु १,०००÷– देखि रु १,५०,०००÷– सम्मका मोबाइल फोनहरु उपलब्ध छन् । त्यस्तै ग्राहकहरुको लागि विभिन्न कम्पनीहरुको सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा ग्राहकहरुका लागि आफूसँग भएको पुरानो मोबाइल साटेर नयाँ मोबाइल किन्ने एक्सचेन्जको सुविधा उपलब्ध छ । ताम्राकार कम्प्लेक्समा नै रु.१ मा स्मार्टफोन दिने सेवा पनि उपलब्ध रहेको छ, जहाँ ग्राहकले मासिक किस्ताबन्दीमा स्मार्टफोन किन्न सक्दछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ । यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्नसक्नेछन् ।

यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ । दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु. २०% संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको अस्पताललाई उपलब्ध गराउने छ ।

यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि हस्तान्तरण गरिनेछ । कम्प्लेक्समा सामसंग, ह्वावे, एप्पल, भीभो, जिओनी, शाओमी, ओप्पो, माइक्रोम्याक्स,सोनी, वानप्लस, लाभा, लेनोभो, मोटोरोला, कलर्सलगायतका ब्राण्डका स्मार्टफोन तथा फिचर फोनहरु उपलब्ध छन् ।

नेपालकै सबैभन्दा चर्चित ताम्राकार कम्प्लेक्समा भ्रमण गरि दशैं मोबाइल मेलाको अवसरमा मोबाइल खरिद गरि मौकाको फाईदा उठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया