नयाँ नेपाल लघुवित्तको हकप्रद शेयर लिलामीमा आउने


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । नयाँ नेपाल लघुवित्त (Naya Nepal Laghubitta Bittiya Sanstha Ltd.) कोे १ लाख ३ हजार ३५३ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले २५० प्रतिशत हकप्रद वितरण् गरेको थियो । जसमा ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ४ लाख ९६ हजार ६४७ कित्ताका लागि मात्र आवेदन परेको हो । हकप्रदमा १ हजार ८५३ जनाले आवेदन दिएका थिए ।

कम्पनीले साउन २७ गते देखि भदौ ३१ गते सम्म चुक्ता पूँजीको २५० प्रतिशत अथवा ६ लाख कित्ता हकप्रद बिक्रीमा राखेको थियो । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद र लिलामी शेयर बिक्री पश्चात लघुवित्तको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया