स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ जारी गर्न धितोपत्र बोर्ड पुगेन


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
यस कम्पनीको आइपीओको लागि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल स्वाभिमानको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया