दशैं घरमा हर्ष बढाइँसहित जमरा राखियो (फोटो फिचर)


आर्थिकन्यूज

काठमाण्डौं, असोज २४ । काठमाण्डौंको बसन्तपुरमा रहेको नासल चोक स्थित दशैं घरमा शुभसाइतमा जमरा राखिएको छ । विधि पुर्वक पुजा गरी बाग्मती नदीबाट ल्याइएको बालुबामा जमरा राखिएको हो ।

घटस्थापनाका दिन जमरा राख्ने परम्परा अनुसार जौ, गहुँ, धान, मकै लगायत अन्न छरेर जमारा राखिएको छ ।

यसैबीच, गोरखाको गोरखकाली मन्दिर र गोरखनाथ गुफामा पनि बिधिपुर्वक जमरा राखिएको छ । मन्दिरमा शुभसाइतमा तान्त्रिक विधि अनुसार रातो माटोमा जमरा राखिएको हो । जौ, गहुँ, धान, मकै लगायतका चार पाथी अन्न छरिएको छ भने गोरखकाली गुफामा एक पाथि अन्नको जमरा राखिएको छ ।

गोरखामा राखिएको जमरा फुलपातीका दिन काठमाडौंको तलेजु मन्दिरमा ल्याएर भित्राउने परम्परा छ । आज देशभरका शक्तिपिठ, मन्दिर, घरमा पनि जमरा राख्ने गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया