गोल्डफिस इन्टरनेशनल अब नेपालको एसएमएल इसुजु आधिकारीक बिक्रेता


आर्थिकन्यूज

काठमाडौं, असोज २४ । एसएमएल इसुजुले गोल्डफिस इन्टरनेसनल (लक्ष्मी समूहअन्तर्गत एक संस्था) नेपालको लागि आधिकारीक विक्रेता रुपमा नियुक्त गरेको छ ।

अटोमोबाइल क्षेत्रमा भिन्न परिचय बनाएको लक्ष्मी समूहले लक्ष्मी इन्टरकन्टिनेन्टल आइएसओ ९००१ : २०१५ प्रमाणित कम्पनी हो । नेपालको लागि लक्ष्मी पिद्दघ्रमियम मोटर र गोल्डफिस इन्टरनेसनलले व्यापारिक प्रायोजनका लागि सवारी लिएर आएको छ ।

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, ट्रिपर लिएर आएको छ । एसएमएल इसुजुले व्यावसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्षभन्दा बढी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया