नेप्सेमा सामान्य अंकले वृद्धिसँगै कारोबार घट्यो


आर्थिकन्यूज

काठमाडौं, असोज २४ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुन्य दशमलव ४० अंकले बढेर १ हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १८७ कित्ता शेयर खरिदबिक्री हुँदा २२ करोड ६५ लाख २४ हजार ६४७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव १९ अंकले बढेर २ सय ५८ दशमलव ६८ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । जसको आज ३ करोड ४२ लाख ३० हजार ५१९ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा मेगा बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु बैंकको पनि ३ दशमलव ०८ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ४५ प्रतिशतले घटेको छ ।
यस दिन बैंकिंग समूह र उत्पादक तथा प्रशोधन समूह बढेका छन् भने बाँकी सबै समूहहरु घटेका छन् ।

यस दिन बैंकिंग समूह र उत्पादक तथा प्रशोधन समूह बढेका छन् भने बाँकी सबै समूहहरु घटेका छन् ।

पञ्चकन्या माई हाइड्रोपावरको नेपाल स्टक एक्सचेञ्चमा असोज २४ गते बुधबारदेखि शेयर कारोबार सुरु भएको छ । शेयर बाँडफाँड भएको साढे दुई महिनापछि कम्पनीको शेयर सूचीकरण पश्चात कारोबार खुलेको हो ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि ‘पीएमएचपीएल’ संकेत दिई कारोबार सुरु भएको छ । जसको आज १ करोड १० लाख कित्ता साधारण शेयर सूचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया