पञ्चकन्या माईको कारोबार आजदेखि सुरु


आर्थिकन्यूज

काठमाडौं, असोज २४ । पञ्चकन्या माई हाइड्रोपावर (Panchakanya Mai Hydropower Ltd.) को नेपाल स्टक एक्सचेञ्चमा असोज २४ गते बुधबारदेखि शेयर कारोबार सुरु भएको छ । शेयर बाँडफाँड भएको साढे दुई महिनापछि कम्पनीको शेयर सूचीकरण पश्चात कारोबार खुलेको हो ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि ‘पीएमएचपीएल’ संकेत दिई कारोबार सुरु भएको छ । पञ्चकन्याको पहिलो कारोबारका लागि स्टक एक्सचेञ्जले १०२ रुपैयाँ ४९ पैसादेखि ३०७ रुपैयाँ ४७ पैसासम्म कारोबार रेन्ज प्रदान गरेको छ ।
कम्पनीको पहिलो कारोबार १६० रुपैयाँबाट सुरु भएको छ । समाचार तयार पार्दासम्म प्रतिकित्ता शेयर १४४ रुपैयाँमा कारोबार भैरहेको छ ।

पञ्चकन्या माइले गत साउन १ देखि ४ गतेसम्म ११ लाख कित्ता आइैपिओ निष्काशन गरेर साउन ११ गते बाँडफाँड गरेको थियो ।

जसमध्ये ४ प्रतिशत बराबरको ४४ हजार कित्ता कर्मचारीहरु तथा ५ प्रतिशत अर्थात ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर १० लाख एक हजार कित्ता आम सर्वसाधारणमा बाँडफाँड गरको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया