सानिमा माईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


आर्थिकन्यूज
सानिमामाई

काठमाडौं, असोज २४ । सानिमा माई हाइड्रोपावर (Sanima Mai Hydropower Company Ltd.) को १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार असोज २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ५५ नगद गरी कुल १५५ लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

कम्पनीको साधारण सभा कार्तिक ८ गते बिहान ११ बजे सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा हुने भएको छ । जसका लागि कम्पनीको बुक क्लोज आज असोज २५ गते देखि कार्तिक ८ गते सम्म बन्द रहनेछ । सो आज बुधबार सम्म कायम कायम शेयरधनीले लाभांश पाउनेछन् ।

सभामा सानिमा हाइड्रोपावर एक्वयारका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ । सानिमा माईले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया