अमेरिका–चीन ट्रेड वार अब करेन्सी वारमा परिणत, चीनमा विदेशी मुद्रा भण्डारण २२.७ प्रतिशतले घट्यो


आर्थिकन्यूज

एजेन्सी, असोज २३ । अमेरिका र चीनबीचको ‘ट्रेड वार’ अब ‘करेन्सी वार’मा परिणत हुने भएको छ । डलरको बदलामा विश्वभरीका मुद्रा कमजोर बनिरहेको बेलामा चीनको युयान र भारतको रुपैयाँ पनि कमजोर भइरहेको छ । डलर बालियो भइरहेको बेला चीनमा डलर भण्डारण पनि कमजोर हुँदै गइरहेको छ ।

चीनीया राष्ट्रिय विदेशी मुद्रा प्रवन्ध व्यूरोले अक्टोबर ७ मा जारि गरेको तथ्यांकका अनुसार सेप्टेम्बर महिनामा अमेरिकी डलरको भण्डारण ३० खर्ब ८७ अर्ब पुगेको छ । जुन गत महिनाको भन्दा २२.७ अर्बले कम हो । डलरको मुल्य विश्वभरी घटिरहेका बेलामा महिनाको ०.७ प्रतिशतले चीनमा डलर भण्डारण कम हुँदै गइरहेको छ ।

चीनको ब्यूरोका अनुसार चीनमा विदेशी मुद्रा भण्डारण हालसम्म अघिल्लो पहिनाकोभन्दा २३ अर्ब डलरले कम भइ ३.०८७ ट्रिलियन डलर हुन पुगेको छ । अगस्ट महिनामा चीनको विदेशी मुद्रा ३.१०५ ट्रिलियन डलर रहेको थियो । यो रकम अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाच हुनुपूर्व ४ ट्रिलियन डलर रहेको थियो ।

विगत एक दशकमा चीन र अमेरिकाको व्यापारमा चीनको पक्षमा हुँदै आएको थियो । चीनीया सामान सबैभन्दबढी अमेरिकामा गर्ने भएकाले चीनसँग अमेरिकी डलरबढी भण्डारण हुने गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया